होमपेज / समाज
काठमाडौं। आज फागुन शुक्ल पूर्णिमा हिमाली र पहाडी जिल्लामा एक आपसमा रङ्ग तथा अबिर लगाएर होली पर्व मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक र सामाजिक एकताको पर्वका रुपमा यो पर्व मनाइन्छ । शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली पर्व मनाइन्छ ।
यसैबिच फागुन शुक्ल पूर्णिमा परिवारमै बसेर मनाउन प्रशासनले अनुरोध गरेको छ । फागु पर्वकाे उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ। हिमाली र पहाडी जिल्लामा आज मनाए पनि तराई क्षेत्रमा भोली होली मनाइने छ।