होमपेज / समाज
काठमाडौं । अमेरिकाले नेपालमा धार्मिक अनास्था फैलाउन पाँच लाख अमेरिकी डलर अर्थात ६ करोड ६५ लाख बढी रकम खर्च गरिएको तथ्य उजागर भएको छ ।
बाइडेन प्रशासनले यत्ति रकम खर्च गरेको अमेरिकी सेनाका पूर्व भेटरान तथा फ्लोरिडाको प्रतिनिधित्व गर्ने सांसद ब्रीआन म्यास्टले सार्वजनिक गरेका हुन् ।
उनले अमेरिकी सदनमै यसको खुलासा गरेर बाइडेन सत्तालाई प्रश्न गरेका छन् ।
उनले भनेका छन, ‘अमेरिकी करदाताको पाँच लाख डलर नेपालमा धार्मिक अनास्था फैलाउन किन खर्च गरियो ? ‘के यो पैसाको सहि प्रयोग हो?
अमेरिका तथा युरोपेली देशले नेपालमा धर्म परिवर्तन गर्न बजेट दिने धेरै अगाडिबाट उजागर भएको तथ्य हाे । धार्मिक अनास्था फैलाउन बजेट दिएको भने यो नै पहिलो सार्वजनिक जानकारी हो ।