ट्रेण्डिङ

होमपेज / समाज

आंशिक बदली रही मौसम मुख्यतया सफा

नेपालगाथा २०८० चैत्र ९ गते शुक्रबार ०९:०९:०१ मा प्रकाशित

काठमाडाैं | मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ। 

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबारदेखि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । 

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top