होमपेज / समाज
काठमाडाैं | संयुक्त राष्ट्रसङ्घको हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ । यसवर्ष पनि फिनल्याण्ड विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको छ । अक्सफोर्ड वेलबिङ रिसर्च सेन्टर, संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क र सम्पादकीय बोर्डको साझेदारीमा तयार पारिएको वर्ल्ड ह्यापिएस्ट रिर्पोटअनुसार फिनल्याण्ड विश्वकै खुसी राष्ट्रको सूचीमा एक नम्बरमा परेको हो ।
यसैगरी डेनमार्क (२), आइसल्याण्ड (३), स्वीडेन (४) र इजरायल पाँचाै नम्बरमा खुसी खुशी हुने देशमा परेका हुन् । यसैगरी नेदरल्याण्ड्स छैठौमा, नर्बे सातौ नम्बरमा, लग्जम्बर आठौ, स्वीजरल्याण्ड नऔं र अस्ट्रेलिया दशौं नम्बरमा परेका छन् । एघारौंदेखि बिसौं खुसी हुने राष्ट्रहरुमा क्रमश: न्यूजिल्याण्ड, कोस्टारिका, कुवैत, अस्ट्रिया, क्यानडा, बेल्जियम, आयरल्याण्ड, चेसिया, लिथुनिया र यूएसए रहेका छन् ।
सिंगापुर ३० औ नम्बरमा छ भने जापान ५१ औं नम्बरमा छ । थाइल्याण्ड ५८, मलेसिया ५९ र चीन ६० औं नम्बरमा छ ।
१४३ देशहरूको सूचीमा नेपाल ९३ औं स्थानमा छ । पाकिस्तान १०८औं नम्बरमा खुशी हुने राष्ट्रमा रहेकाे छ भने भारत १२६औं र श्रीलंका १२८ औं नम्बरमा रहेकाे छ । सबैभन्दा पुछारमा अफगानिस्तान छ ।
सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्र संघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएका थिए । त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइन्छ ।