ट्रेण्डिङ

होमपेज / समाज

किसान परिचयपत्र वितरण सुरु

नेपालगाथा २०८० चैत्र ६ गते मंगलबार २३:३७:५१ मा प्रकाशित

सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिकामा किसानलाई परिचयपत्र वितरण गरिएको छ । लेकबेसी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले किसानलाई परिचयपत्र प्रदान गर्नुभएकाे हाे । कार्यक्रमलाई सम्वाेधन गर्दै मन्त्री शर्माले कृषहरुको परिचय पत्रको काम साच्चीकै किसानहरुको हितमा रहेको बताउनुभयाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख उमेशकुमार पौडेलले किसानहरुलाई सेवा र सुविधा प्रदान गर्न सजिलो हुनुका साथै किसानहरुको स्तरको पहिचान होस् भन्ने हेतुले किसानहरुको वर्गीकरण सहितको विवरण तयार गरेर परिचयपत्र वितरण गरिएको बताउनुभयाे ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, भिएसओ नेपाल र युकेएआईडीको सहकार्यमा किसानलाई परिचयपत्र वितरण गर्न शुरु गरिएको कर्णाली प्रदेशमै पहिलो भएको बताइएकाे छ । 

राष्ट्रिय कृषक समूह महासंघ नेपालका कर्मचारी टीका चालिसेका अनुसार किसानहरुलाई रातो कार्ड, सेतो कार्ड, पहेलो कार्ड र निलो कार्ड गरी ४ भागमा वर्गीकरण गरेर वितरण गरिएकाे छ । रातो कार्डधारी किसानले ९० प्रतिशत सुविधा पाउने छन् भने सेता कार्ड प्राप्त गर्ने किसानले ७५ प्रतिशत, पहेलो कार्ड प्राप्त गर्ने किसानले ५० प्रतिशत र निलो कार्ड प्राप्त गर्ने किसानले २५ प्रतिशत सेवा सुविधा पाउने बताइएकाे छ ।

हाल लेकबेसी नगरपालिका वडा नम्बर १ का किसानबाट सुरु गरिएकाे परिचयपत्र वितरणकाे काम छिट्टै नै अन्य वडाहरुमा पनी वितरण गरिने छ। परियच–पत्र पाए पछि हर्षित बनेका किसानले अब किसानहरुका सुख्खका दिन सुरु भएको बताए।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमलाल लामिछाने, राष्ट्रिय कृषक समुह महासंघ नेपालका निवर्तमान अध्यक्ष नवराज बस्नेत, महासचिव महेन्द्र सापकोटा, लेकबेसी नगरपालिकाका उपप्रमुख बिमला खडलुक, कृषक प्रतिनिधि लालबहादुर बडुवाल, राष्ट्रिय कृषक समूह महासंघ नेपालका कार्यकरी अधिकृत उत्सव जिसी लगायतकाे कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top