होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय, सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभाग अन्तर्गत सामाजिक कार्यमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय सामाजिक कार्य दिवस मनाएका छन् । सन् २०२४ अर्थात् यस वर्षको नारा "Shared future for transformative change"अर्थात् रुपान्तरित परिवर्तनका खातिर साझा भविष्य भन्ने रहेको छ । आज विश्वभर यही नारालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ ।
मप विश्वविद्यालय, सामाजिक कार्य विषयमा स्नातक र स्नातकोत्तर विभिन्न सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको अगुवाईमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ लाई सरसफाई तथा प्लास्टिक रहित वडा बनाउने कार्य अघि बढेको विभागीय प्रमुख उपप्राध्यापक खगेन्द्र अधिकारीले बताउनुभयो ।

सोही अभियान अन्तर्गत विश्वविद्यालय परिसर र वडा नं. ८ लाई प्लाष्टिक मुक्त बनाउनका लागि हस्ताक्षर संकलन गरेर वडा नं. ८ का वडा अध्यक्ष टीकाराम शर्मालाई बुझाइएको अगुवा विद्यार्थी निराजन ढकालले नेपालगाथालाई बताउनुभयो ।
यस अघि विद्यार्थीहरुको अगुवाईमा वडा नं. ८ का विभिन्न टोलहरुमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै जनचेतनामूलक र्याली समेत प्रदर्शन गरिएको थियो । अन्तर्राष्ट्रिय सामाजिक कार्य दिवस मनाउने सन्दर्भमा सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागका शिक्षक र विद्यार्थीहरुले केक समेत काटेका थिए ।
.jpg)
आजको दिनमा सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्दै सामाजिक कार्यकर्ताहरूको विश्वव्यापी सङ्गठन इन्टरनेशनल फेडरेशन अफ सोसियल वर्कले समाजसेवाको पैरवी गर्ने गर्दछ । सामाजिक कार्यकर्ताहरूले समुदायमा धेरै भूमिका खेलेको हुनाले आजको दिनमा ती सबै कुरालाई पूनराअवलोकन समेत गर्ने गरिन्छ ।
यो दिवसले पेसा र सामाजिक सेवा क्षेत्रलाई थप योजना, विकास र सहयोगको आवश्यकतातर्फ ध्यानाकर्षण गराउने कार्य समेत गर्ने भएकाले सामाजिक सेवामा संलग्न व्यक्तिहरुले विशेष महत्वका साथ मनाउने गर्दछन् ।
हामीले विश्व सामाजिक सेवा दिवस मनाउने क्रममा हामी सबैले समानताको सिद्धान्तलाई अँगालौं, समुदाय र प्रकृति मिलेर बस्ने भविष्यलाई पैरवी गरौं ।