ट्रेण्डिङ

होमपेज / समाज

महरा अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना

नेपालगाथा २०८० चैत्र ५ गते सोमबार २१:३१:३१ मा प्रकाशित

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्।

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। तर, महरा अस्वस्थ भएकाले अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top