ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली पुलमा एकतर्फी सवारी सञ्चालन

नेपालगाथा २०८० चैत्र ५ गते सोमबार १०:५७:२६ मा प्रकाशित

कैलाली । करिब एक साता पछि पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्णाली चिसापानी पुलमा एकतर्फी सवारी सुचारु भएको छ । केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझाव पछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मङ्गलवारदेखि खटिएको थियो । उनीहरूकै सुझावकाआधारमा एकतर्फी यातायात सुरु गरिएको हो ।

अघिल्लो सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लट्ठामा क्षति पुगेको थियो । त्यसपछि बन्द रहेको पुल आजबाट सुचारु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top