ट्रेण्डिङ

होमपेज / समाज

नर्सिङ लाइसेन्स परीक्षाकाे नतिजा सार्वजनिक

करिब ७० प्रतिशत उत्तीर्ण

नेपालगाथा २०८० चैत्र ४ गते आइतबार ११:५५:५८ मा प्रकाशित

काठमाडौं । पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन् । नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको पीसीएल तर्फकाे ३५औँ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका परिषद्का रजिष्ट्रार शुक्ला खनालले जानकारी दिए । 

यस्तै बीएस्सी तर्फकाे पाँचौँ नर्सिङ परीक्षामा ४४५ सहभागी भएकोमा २६८ जना ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् । दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top