होमपेज / समाज
काठमाडौँ । बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलुनले चौथो वार्षिकोत्सव मनाएको छ । बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले कार्यक्रमकाे उद्घाटन गर्दै युवाले स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सलुनका सञ्चालक गौतमलाई बधाई दिनुभयाे । साथै मेयर अधिकारीले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा कलाकार दीपक आचार्य 'काकु', सागर लम्साल बले, सुबोध गौतम 'एकदुमे', भरतमणि पौडेल, सुरक्षा इटानी, रश्मी पाण्डे, पवन खतिवडा, नवीन थापा, नव नवीन खतिवडा, पुरुषोत्तम आचार्य, बबिन राई, असोक धिताल, कुमार प्रयास, गोकुल अधिकारी लगायतका कलाकारले शुभकामना मन्तव्य राखेका थिए ।
सलुनका सञ्चालक बिक्रम गौतमले आफु ड्राइभर बन्न काठमाडौँ आएको बताउदै बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलून स्थपनाकालदेखि हालसम्मको संघर्षको कुरा सुनाएका थिए ।
.jpg)