ट्रेण्डिङ

होमपेज / समाज

सामसङको ग्यालेक्जी फिट ३ काे मूल्य आठ हजार

नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेससम्बन्धी डेटा ट्रयाक गर्न मद्दत

नेपालगाथा २०८० फाल्गुण ३० गते बुधबार २३:१७:१८ मा प्रकाशित

काठमाडाैं | सामसङ नेपालले आफ्नो सबैभन्दा नयाँ सटीक फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ सार्वजनिक गरेको छ । जसकाे मूल्य ७ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार यसले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ । ग्यालेक्सी फिट ३ सामसङमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी रहेकाे छ । जसले प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासम्म चौबीसै घण्टा आफ्नो नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेससम्बन्धी डेटा ट्रयाक गर्न मद्दत गर्छ ।

ग्यालेक्सी फिट ३ यही फागुन २८ गतेदेखि नेपालभरमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ । ग्रे, सिल्भर, पिङ्क र गोल्ड रङ्गहरूमा बजारमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top