ट्रेण्डिङ

होमपेज / समाज

वीरेन्द्रनगरका सार्वजनिक स्थलमा बनेका घरहरुमा डोजर चल्याे

नेपालगाथा २०८० फाल्गुण ३० गते बुधबार २०:२९:४९ मा प्रकाशित

कमल कसेरा, सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाकाे बजार क्षेत्रभित्रकाे सार्वजनिक स्थलमा बनेका संरचनाहरु आज बुधबारबाट हटाउन सुरु गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले बुधबार डोजर नै चलाएर संरचनाहरु हटाउँन सुरु गरेको छ । सुर्खेतको घण्टाघर, गोदामलाईन, हङ्कङ बजार लगायतका क्षेत्रमा रहेका संरचनाहरुलाई हटाउँन बुधबार पहिलो चरणमा डोजर चलाइएको हाे ।

वीरेन्द्रनगर नगरपालिकाले ३५ दिने सुचना जारी गरेर सार्वजनिक जग्गामा व्यावसाय गर्दै आएका  व्यापारीहरुलाई उक्त स्थान खाली गर्न अनुरोध गरिको थियो । ३५ दिने सूचनाको अवधि सकिए पछि पनि व्यपारिहरुले उक्त टहरा खाली नगरे पछि नगरपालिकाले डोजर चलाएर घर टहरा भत्काउन शुरु गरेकाे हाे ।

घर तथा टहराहरु हटाउन डोजर चल्दा केही समय नगरपालिकाका कर्मचारी र डोजरमा स्थानीय व्यापारीहरुले ढुङ्गा हानेका थिए । उक्त झडपमा परेर केही व्यक्ति सामान्य घाइते भएका थिए। डोजरकाे सिसामा समेत क्षति पुगेको छ ।

झडप पछि व्यावसायी र नगरपालिकाका कर्मचारीहरुबीच छलफल भइ पसलका सामान निकाल्न समय लाग्ने भएकाले दिउसाे ३ बजेबाट घरहरु भत्काउन सुरु भएकाे थियाे । आज घण्टाघर, गोदामलाईन, हङ्कङ बजारसम्मका  घरहरु भत्काइएकाे छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top