होमपेज / समाज
काठमाडौं । यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ। १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्छ ।
घुर्ने समस्या
निदाएको समयमा मानिसहरूको श्वासनली साँघुरो भएर कतिपय व्यक्तिको आंशिक रूपमा श्वासनलीमा अवरोध पनि हुन्छ।
यस्तो अवस्थामा मानिस घुर्न थाल्छ। कतिपय अवस्थामा श्वासनली बन्द भएर स्लीप एपनिया हुनसक्छ।
यस्तो अवस्थामा श्वास फेर्न नसक्दा अक्सिजनको मात्रा घट्छ र कार्बन डाइअक्साइड बढ्छ। निद्रा खुलेपछि मात्रै श्वासप्रश्वासको बाटो खुल्छ।
स्लीप एपनियाबाट पीडित व्यक्तिहरू एक घण्टामा १५, २५ वा ५० पटकसम्म निद्राबाट ब्युँझन्छन्। जसका कारण मानिसलाई गहिरो निद्रा पर्दैन र निद्रामा असन्तुलन हुन्छ।
घुर्ने समस्याबाट बच्न आफ्नो तौल नियन्त्रण गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ। किनभने तपाईँको चिउँडो नजिकै धेरै बोसो भएको तन्तु हुन सक्छ। यसले श्वासनली साँघुरो बनाएर श्वासको प्रवाहमा बाधा पुर्याउन सक्छ। यस्तो अवस्थामा तौलमा नियन्त्रण कायम राख्दा घुर्ने समस्याबाट राहत मिल्छ।
यदि तपाईँलाई रुघाखोकी लागेको छ र तपाईँको नाक बन्द छ भने तपाईँले घुर्ने सम्भावना बढी हुन्छ। यस्तो अवस्थामा सुत्नुअघि नाक राम्ररी सफा गर्नुहोस्।
मदिराका कारण सुत्ने बेलामा मांसपेशीहरू धेरै शिथिल हुन्छन् र यसले गर्दा श्वासनली साँघुरो हुन्छ। यस्तो अवस्थामा सुत्नुअघि मदिरा सेवन नगर्नु राम्रो हुन्छ ।
उत्तानो परेर सुत्दा तपाईँको जिब्रो, चिउँडो र तपाईँको चिउँडो मुनि रहेको बोसोयुक्त तन्तुले तपाईँको श्वासनलीमा अवरोधहरू सिर्जना गर्न सक्छ। यसरी सुत्दा तपाईँ घुर्नुहुन्छ भने कोल्टे फेरेर सुत्नुपर्छ।
निद्राको कमीले शरीरमा गर्ने असर
एकाग्रताको कमी
स्मृतिमा प्रभाव
मस्तिष्कको निर्णय क्षमतामा प्रभाव
भावनात्मक स्वास्थ्य प्रभावित हुन्छ जसका कारण झर्को लाग्ने र रिस उठ्ने हुन्छ
दिउँसोको समयमा निद्रा
डिप्रेसन र चिन्ताको समस्या
ऊर्जाको कमी
रक्तचापमा प्रभाव
हृदयरोगको जोखिम
यदि तपाईँलाई मधुमेह छ भने, तपाईँको रोगसँग लड्ने क्षमता कम हुन्छ।
थकान लाग्ने
कति सुत्नु पर्छ
नवजात शिशुले १४ देखि १७ घण्टा र १४ देखि १७ वर्षका किशोर किशोरीहरूले आठदेखि दश घण्टा सुत्नुपर्ने ।
१८ देखि २६ वर्षका युवा र २६ देखि ६४ वर्षका व्यक्तिले सातदेखि नौ घण्टा र ६५ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरूले सात देखि आठ घण्टा सुत्ने गर्नुपर्छ।