ट्रेण्डिङ

होमपेज / समाज

नवनियुक्त उपकुलपति प्राडा रानाद्वारा पदभार ग्रहण

सरोकारवाला सबैलाई साथमा लिएर विश्वविद्यालयको हितमा काम गर्छु- उपकुलपति प्राडा राना

नेपालगाथा २०८० फाल्गुण २९ गते मंगलबार २२:२४:३१ मा प्रकाशित

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशर सिंह रानाले मंगलबार वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत सरोकारवालाहरुको समुपस्थितिमा सम्पन्न पदभार ग्रहण पश्चात आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नवनियुक्त उपकुलपति प्रा.डा. रानाले सरोकारवाला सबै पक्षलाई साथमा लिएर विश्वविद्यालयको हितमा काम गर्ने बताउनुभयो ।

नेपाल सरकारका प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिबाट मिति २०८० साल फागुन २४ गते नियुक्त हुनुभएका उपकुलपति प्रा. डा. रानाको आगमनसँगै विभिन्न प्राध्यापक, कर्मचारी एवं विद्यार्थी संघ, संगठनहरुद्वारा विगत छ महिनादेखि केन्द्रीय कार्यालयमा लगाइएको तालावन्दी खोलेर विश्वविद्यालयको दैनिक प्रशासनिक कामकाजमा सहजता प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै आफू सधैव सबैको अभिभावकका रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विभिन्न तहका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी लगायतका पेशागत संघ, संगठनले प्रतिनिधिमूलक रुपमा बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै सहभागीहरुद्वारा नवनियुक्त उपकुलपति रानालाई अविरावरण सहित पुष्पगुच्छा एवं खादामालाले स्वागत गरिएको थियो । 

रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमकाे सञ्चालन प्रशासकीय अधिकृत शेरबहादुर केसीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top