ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कार्यक्रम तालिका सार्वजनिक

नेपालगाथा २०८० फाल्गुण २८ गते सोमबार ०७:१८:४२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि हुने निर्वाचनका लागि संघीय संसदले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेकाे छ ।

तालिकाअनुसार आज साेमबार बिहान ११ बजेदेखि १ बजेसम्म राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भनि प्रस्तावको सूचना दिने तालिका रहेको छ । त्यस्तै, आजै दिउसाे १ बजेर ३० मिनेटमा दर्ता भएका प्रस्तावको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गरिने छ ।

मंगलबार बिहान ११ः०९ बजेको राष्ट्रिय सभा बैठकमा उक्त प्रस्तावहरु निर्णयार्थ पेश हुने तालिका रहेको संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top