होमपेज / समाज
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जुम्लामा स्याउ खेती गर्न पुगेका छन् । जुम्लाको चन्दननाथ २ हाडुल्लेमा स्याउ खेतीको उद्घाटन गरेका हन् । उक्त अवसरमा महासचिव विप्लवले ३ वर्षभित्र पार्टीलाई आत्मनिर्भर एवं चन्दामुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
महासचिव विप्लवले भने, क्रान्ति गर्नुमात्र ठूलो कुरा होइन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न सकेनौं । आज क्रान्तिप्रति वितृष्णा छ, विचलन देखिएको छ । यसलाई चिर्न नेकपाले नवौं महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको छ ।
नेकपाका केन्द्रीय प्रचार प्रसार विभागका सदस्य प्रकाश डुम्रेले भने, पार्टी तराईमा धान, तोरी, तरकारी, पहाडमा फलफूल र हिमालमा फलफूल तथा जडीवुटी उत्पादन अभियान रहेको छ ।
साेहि कार्यक्रममा बाेल्दै सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकारात्मक भएको भन्दै यो नेकपाको मात्र नभएर सबैको योजना भएको बताए ।