ट्रेण्डिङ

होमपेज / समाज

जुनियर तथा युवा रेडक्रसको ५९ औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइयो 

नेपालगाथा २०८० फाल्गुण २३ गते बुधबार १४:३२:३२ मा प्रकाशित

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जुनियर तथायुवा रेडक्रसको ५९ औं स्थापनादिवस “विश्वव्यापी रूपमाअभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृत जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने मूलनाराका साथ देशव्यापी रूपमा मनाइएको छ ।
यसै उपलक्ष्यमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिकरूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअल रूपमा सहभागिता रहेको थियो ।

रेडक्रसका युवा स्वयंसेवकहरूको सक्रियता र व्यवस्थापनमा सञ्चालित सो कार्यक्रमको उद्घाटन युवा स्वयंसेवकहरू रविना चौंलागाईं र सुरजकुमार सिंहले संयुक्तरूपमा गर्नु भएको थियो । 
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्यएवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल प्रमुख अतिथि रहनु भएको थियो । 

कार्यक्रममाबोल्दै सोसाइटीका अध्यक्षप्राध्यापक नेपालले रेडक्रसमा आवद्ध जुनियर युवाहरूलाई मानवीय सेवाका विभिन्न गतिविधिहरूमा सहभागी गराउँदै उनीहरूको सीप र दक्षता अभिबृद्धि गरी अगाडि ल्याउने संस्थाको उद्देश्य रहेको बताउनुभयो । जलबायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधनगर्न हाल रेडक्रसका युवाहरूबाट सञ्चालन भइरहेको परिवर्तक (द चेन्जमेकर) अभियानबाट महत्वपूर्ण योगदान पुग्ने बताउँदै अभियानको पूर्ण सफलताको कामना गर्नु भयो । 

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले नीतिगत र कार्यक्रममा युवाहरूको भूमिकालाई विधानमा कसरी व्यवस्थित गरेर लैजान सकिन्छ भनेर छलफल र सुझाव संकलन गरिरहेको जानकारी गराउनुभयो ।  

कार्यक्रमका सभापतिएवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालले जुनियर युवा रेडक्रसको इतिहास माथि प्रकाश पार्दै सबै जिल्लाका शिक्षण संस्था र समुदायमा जुनियर तथा युवाहरूको संलग्नतामा मानवीय सेवाप्रदान गर्ने सञ्जालको रूपमा नेपाल जुनियर र युवा रेडक्रस सर्कलहरूको स्थापना, विकास र विस्तार हुँदै आएको बताउनुभयो । 

जुनियर तथायुवा रेडक्रसलाई नीतिगतरूपमा सबलीकृत गर्दै लैजाने सन्दर्भमा पहिलो पटक २०५६ सालदेखि राष्ट्रियस्तरमा जुनियर तथा युवा रेडक्रस नीति तथा कार्य प्रणाली तर्जुमा गरी कार्यान्वयनमा रहेको उहाँले जानकारी गराउनुभयो ।

संयोजक नेपालले समय सापेक्ष रेडक्रसको विधान संशोधनहुने प्रक्रियामा रहेको सन्दर्भमा रेडक्रसको संरचना अस्तित्वमा रहने  सवै निकायहरूमा (पालिका देखि राष्ट्रियस्तरमा) युवा सञ्जालको निर्माण गरी विधिवतरूपमा केन्द्रीयस्तरमा समेत युवा परिषद् गठन गर्ने र सो परिषद्को संयोजक नेरेसो केन्द्रीय कार्य समितिमा पदेन सदस्य रहने व्यवस्था हुने गरी व्यवस्था गर्न पैरवी भैरहेको हुदा नीति निर्माण तहमा युवा को सहभागिता सुनिश्चितता गर्ने पहल भइरहेको बताउनुभयो ।

सो कार्यक्रमा बोल्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल कार्यक्रम संयोजक हार्भे गजेउले चेञ्जमेकर अभियानप्रभावकारी रूपमा सञ्चालन गरेकोमा रेडक्रसका युवाहरूलाई धन्यवाद दिँदै युवाहरूको पहल र इच्छा शक्तिको सरहाना गर्नु भयो । द चेञ्जमेकर (परिवर्तक) अभियान महासंघको सहयोगमा सञ्चालन भइरहेको छ । 

सो कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटी जुनियर युवा विभागका निर्देशक धर्मदत्त विडारीले जलबायु परिवर्तनका क्षेत्रमा रेडक्रसका युवाहरूद्वारा सञ्चालित परिवर्तक (चेञ्जमेकर) अभियानकाबारेमा जानकारी गराउने, अभियानलाई देशव्यापी बनाउने र अन्य मानवीय सेवाका क्षेत्रमा युवाहरूको सहभागितालाई अझ बढाउने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । 

सो कार्यक्रममा चेञ्जमेकर अभियानको र टिमका सदस्य युवा सुजन खतिवडाले गत डेढ वर्षदेखि अभियान द्वारा सञ्चालित गति विधि हरूका बारेमा प्रस्तुतीकरण गर्दै जलवायु परिवर्तनको मुद्दामा युवाहरूका सिर्जनात्मक बिचारहरूलाई अगाडि ल्याउन र अभियानलाई व्यापकबनाउनप्रदेश र जिल्ला स्तरमाथ्(बमबउततालिमहरू सञ्चालनगरिएको जानकारी गराउनुभयो ।  

कार्यक्रममा अभियानका क्रममा युवाहरू द्वारा तयार पारिएका जलवायु परिवर्तन सम्बन्धी ७ वटा भिडियोहरू प्रदर्शन गरिनुका साथै सुझावहरू संकलन गरिएको थियो । कार्यक्रममा जुनियर युवा रेडक्रसको सुदृढीकरण, स्रोत संकलन र परिवर्तक अभियानलाई रेडक्रस सञ्जालमा जोड्ने विषयहरूमा युवा प्रतिनिधि, रेडक्रसका केन्द्रीय पदाधिकारी,कर्मचारीहरू र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधिहरूको सहभागितामा समूहगत छलफल गरिनुका साथै निष्कर्षहरू प्रस्तुतीकरण गरिएको थियो । 

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापा, केन्द्रीय सदस्यहरू नारायण तिमिल्सिना, राजेन्द्रमान ताल्चाभँडेल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, उपकार्यकारी निर्देशक सुदर्शन अधिकारी, निर्देशक एवं विभागीय प्रमुख र कर्मचारीहरू, काठमाडौं उपत्यकाका जिल्ला शाखाका पदाधिकारी र सदस्यहरू, युवाप्रतिनिधिहरू र महासंघको नेपालस्थित कार्यालयका प्रतिनिधि र साझेदार राष्ट्रिय सोसाइटीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

कार्यक्रम चेञ्जमेकर अभियानका युवा सदस्यहरू प्रतिभा दवाडी, केपीशर्मा, बन्दना पोखरेल र बिशाल थारूले संयुक्तरूपमा सञ्चालन गर्नु भएको थियो । सो अवसरमा युथ रेडक्रस सर्कल त्रिचन्द्रकी साबित्री कडेंलले स्वागत मन्तव्यराख्नु भएको थियो ।  
‘म सेवा गर्छु’ भन्ने मूलमन्त्रका साथ २०२१ साल फागुन २२ गतेका दिन जुनियर युवा रेडक्रसको स्थापना भएको हो । हाल देशभरमा ६ हजार ६ सय ३२ जुनियर तथायुवा रेडक्रस सर्कलमा ९ लाख७० हजार ३ सय १० जुनियर युवा सदस्यहरू आवद्ध भई मानवीय सेवाका गतिविधिहरूमा संलग्नभ इरहेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top