ट्रेण्डिङ

होमपेज / समाज

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला सम्पन्न

११४औं अन्तर्राष्ट्रिय महिला दिवस

नेपालगाथा २०८० फाल्गुण २३ गते बुधबार १३:१९:४७ मा प्रकाशित

सुर्खेत । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा युएसएआइडी जल जंगल परियोजनाको आयोजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला सम्पन्न भएकाे छ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशालामा “महिलामा लगानी (Invest in Women:Accelerate Progress) नारा र समावेशीकरणलाई प्रेरणा भन्ने अभियानका साथ प्राकृतिक श्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महिलाहरूको सहभागिता लगायतका विषयमा कार्यशला सम्पन्न भएको हो ।

कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण वरिष्ठ अधिकृत शारदा शेर्पाले अन्तर्राष्ट्रिय महिला आन्दोलन १९०९ देखि श्रमिकहरुबाट सुरु भएको र पछि यसलाई १९७७ मा संयूक्त राष्ट्र संघले महिला अधिकार तथा विश्व शान्ति रुपमा लिदै अन्तर्राष्ट्रिय विदाको रुपमा मनाउन थालेकाे बताउनुभयाे । उहाँले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सिद्धान्तको बारेमा तथा नेपालमा महिलाहरुकाे अवस्था बारे केही तथ्य तथा तथ्याङ्क समेत प्रस्तुति गर्नुभएको थियो ।

सहभागीहरु मध्ये समुदायिक वनमा नेतृत्व गरिरहेका महिला दलित, महिला, अपाङ्गता भएका महिला, यौनिक अल्पसंख्यक तथा आसनमा महिला, भाषणमा महिला र शासनमा महिला हुनुपर्ने भन्दै एकल महिलाका संर्घर्षका अनुभव कथाहरु सहभागीहरु विच आदान प्रदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि, आन्तरिक मामिला तथा कानुन मनत्रालयका निर्मला रेग्मीले निर्मला पन्तले आजसम्म न्याय नपाएकोले महिलाहरुको न्याय र विकासका लागि  महिलाहरुले नै नेतृत्वदायी भूमिकामा आउनुपर्ने बताउनु भयो ।

सामाजिक विकास मन्त्रलय, जालश्रोत तथा उर्जा विकास मन्त्रालय कार्णली प्रदेश, विरेन्द्रनगर नगरपालिका ,सामुदायिक वन उपभोक्ता महासंघ, गैर सरकारी संस्था महासंघ, पत्रकार महासंघ सुर्खेत, पत्रकार, इनर ह्वील क्लबका प्रतिनिधि युएसएआइडीका साझेदार संस्थाहरुका प्रतिनिधि लगायत सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधीहरुको सहभागिताका कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत रेणुका न्याैपानेकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यशालामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निर्मला रेग्मीले प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागि हुनुभएकाे थियाे । कार्यक्रममा कार्यक्रम परियोजनाको उद्देश्यका  बारेमा युएसएआइडी जल जंगल परियाेजनाका वरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले गर्दै टिम लिडर भुपेन्द्र शाहीले कार्यक्रको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यशालाकाे संचालन युएसएआइडी जल जंगल परियाेजनाका अनुगमन मूल्याङ्कन तथा संचार वरिष्ठ अधिकृत निर्मल नेपालीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top