ट्रेण्डिङ

होमपेज / समाज

नेकपा एसकाे सचिवालय बैठक शुरु

नेपालगाथा २०८० फाल्गुण २३ गते बुधबार १२:३९:३० मा प्रकाशित

काठमाडौं । नेकपा -एकीकृत समाजवादी) को सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा शुरु भएकाे छ ।

बैठकमा नयाँ गठबन्धमा सहभागी हुने नहुनेबारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि नेपाल निवास कोटेश्वर पुगेर सरकारमा जाने विषयमा हतारमा निर्णय नलिन नेपाललाई सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top