होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन फागुन ३० गतेका लागि आह्वान गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुखले तेस्रो अधिवेशन फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।