ट्रेण्डिङ

होमपेज / समाज

सत्ता समीकरणका चार दलबीच भयाे ८ बुँदे सहमति

नेपालगाथा २०८० फाल्गुण २१ गते सोमबार २१:१२:१४ मा प्रकाशित

काठमाडौं । सत्ता समीकरणका चार दलबीच भएकाे ८ बुँदे सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । सत्ता समीकरणका दलहरु नेकपा एमाले, नेकपा माओावादी, रास्वपा र जसपाबीच भएकाे सहमति अनुसार मन्त्रालय भागबण्डा गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने भनिएको छ,। यसका साथै नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने पनि सहमति भएकाे छ । 

यसैगरी साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी तलका सबै सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top