होमपेज / समाज
सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको वीरेन्द्रनगरमा पाँच शैयाको महिला तथा बालबालिका नगर अस्पतालको उद्घाटन गर्दै मातृशिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी रुपमा लागू हुने बताउनुभयाे । उहाँले वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सञ्चालनमा ल्याईएको ५ शैयाको महिला तथा बालबालिका अस्पताललाई थप सेवा सुविधा विस्तार गरी ५ सय शैयाँसम्म पुर्याउन समेत आग्रह गर्नुभयाे ।

पूर्वराष्ट्रपति भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउँदै महिला तथा बालबालिकाको क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको बताउनुभयाे । उहाँले भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्ति बालबालिकाको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको कुरामा जोड दिनुभयाे ।