नेपालगाथा २०८० फाल्गुण २१ गते सोमबार १४:१४:११ मा प्रकाशित
मुखको दुर्गन्धले धेरै मानिसलाई सताईरहेको हुन्छ। यसबाट सजिलै छुट्कारा पाउन केही घरेलु उपाय यस प्रकार छन् :
अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले,
सुख्खा धनियाँ चपाउनाले,
तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले,
तुलसीको चार–पाँच वटा पात दिनहुँ खाएर पानी पिउनाले,
एउटा ल्वाङ मुखमा राखेर चुस्नाले,
खाना खाएपछि आधा चम्चा सौंफ चपाउनाले पनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ। यति गर्दा पनि दुर्गन्ध हट्दैन भने एकपटक चिकित्सकको सल्लाह लिनुपर्छ।