होमपेज / समाज
सुर्खेत। कर्णाली प्रदेश स्तरीय प्रथम महिला सम्मेलन वीरेन्द्रनगर स्थित सिटी हलमा शुरु भएकाे छ । सम्मेलनकाे प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्नुभएकाे हाे । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा उक्त सम्मेलन गरिएको हो।
सम्मेलनमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेशका मन्त्री, सांसद लगायत कर्णालीका सबैजसो जिल्लाका विभिन्न संघ संस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको छ।