ट्रेण्डिङ

होमपेज / समाज

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशकै पहिलो महिला सम्मेलनकाे आज उद्घाटन गर्ने

नेपालगाथा २०८० फाल्गुण २१ गते सोमबार ०६:५९:५३ मा प्रकाशित

सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वीरेन्द्रनगर सुर्खेतमा हुने प्रदेशकै पहिलो महिला सम्मेलनकाे आज उद्घाटन गर्नुहुनेछ । सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उद्देश्यले १ सय १४औं श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले जानकारी दिईन् ।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, महिला नेतृ, आमा समूह, वडा समितिका अगुवा महिलाहरू सहभागी हुनेछ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हिजाे नै सुर्खेत आइपुग्नुभएकाे छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top