होमपेज / समाज
काठमाडौँ । आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
साथै बाँकी अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा समेत हल्का वर्षाकाे सम्भावना रहेकाे छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोलि मंगलबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।