ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा पश्चिमी वायूको प्रभाव, आंशिकदेखि साधारणतया बदली

नेपालगाथा २०८० फाल्गुण १९ गते शनिबार ०७:११:४३ मा प्रकाशित

काठमाडौं ।  माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनेछ । बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक र देशका बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का हुनेछ भने लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको छ ।

काठमाडाैंमा भने साँझदेखि पानी पर्ने सम्भावना रहेकाे  महाशाखाले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top