ट्रेण्डिङ

होमपेज / समाज

घाटगाउँमा धार्मिक महोत्सव सञ्चालन हुने

कर्णाली र भेरी दोभानमा धार्मिक पर्यटन महोत्सव

नेपालगाथा २०८० फाल्गुण १८ गते शुक्रबार २०:५२:२७ मा प्रकाशित

सुर्खेत । सुर्खेत जिल्लाकाे चाैकुने गाउँपालिकामा पर्ने भेरी र कर्णाली नदीको दोभानमा धार्मिक पर्यटन महोत्सवको आयोजना हुन लागेकाे छ । फागुन २१ गतेदेखि २५ गतेसम्म ५ दिनसम्म सञ्चालन हुन लागेकाे महोत्सवमा अन्तर्राष्ट्रिय भागवत कथा वचिका राधिका दासीले कथा वाचन गर्ने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष रमेश खनालले जानकारी दिए ।

अध्यक्ष खनालका अनुसार शिवको मुर्ति स्थापना र वृद्धाश्रम र मन्दिर निर्माण गर्ने  उद्देश्य रहेकाे छ । 

महोत्सवमा कथा वाचन, प्रत्येक दिन विहान र साँझ सन्ध्या आरती एवं संगीतमय भजन कीर्तन, महात्म्य देव लिला, यज्ञ अवधिभर विवाह, ब्रतवन्ध, पृतिमोक्ष, ग्रह शान्ति, लक्षबतिं, तुलादान, गौदान, भूमिवान जस्ता अनुष्ठानहरू र महायज्ञमा दानवीरहरूलाई सम्मान कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top