होमपेज / समाज
सुर्खेत । कालिकोटको सुनथराली विमानस्थलको उद्घाटन भएको छ। आज उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएकाे हाे। उद्घाटनको सुरुकाे दिन आज विमानस्थल नेपाल एयरलाइन्स र यति एयरको विमान अवतरण गरिका छन्। विमानस्थलको निर्माण झन्डै ३८ वर्ष अघिदेखि सुरु भएको थियो।
निर्माण पूरा भएको डेढ वर्षमा उद्घाटनको मिति तीन पटक तय गरिएको थियो। तीनै पटक उद्घाटनको भाका नाघेपछि चौथो पटकमा उद्घाटन भएको छ।
आइतबार तारा एयरको ९एन–एकेएल जहाजले आइतबार बिहान १० बजे नेपालगन्जबाट कालीकोटको सुनथरालीमा परीक्षण सफल अवतरण गरेको थियाे ।