ट्रेण्डिङ

होमपेज / समाज

मिटरब्याज र लघुवित्त पीडितहरु निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवन छिरे

नेपालगाथा २०८० फाल्गुण १४ गते सोमबार १७:१३:४७ मा प्रकाशित

काठमाडौं। मिटरब्याज र लघुवित्त पीडितहरुले संघीय संसद भवन परिसरभित्र प्रदर्शन गरेका छन्।  प्रदर्शनका क्रममा उनीहरुले सुतेर विरोध जनाएका थिए।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका उनीहरुले निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवन प्रवेश गरेका थिए।

संसद भवनभित्र मिटरब्याज र लघुवित्त पीडितहरु प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा ४० भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भित्रैबाट बोलाएको भन्दै उनीहरुले संसद भवन प्रवेश गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top