होमपेज / समाज
काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा जीवनकुमार गुरुङ पक्राउ परेका छन् । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानकाे क्रममा काठमाडौं डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करीबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ। प्रहरी स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउका लागि सिआइवीलाई आग्रह गरेको थियो। प्लाटिनम कलेज डिल्लीबजार कालिकास्थानमा छ। दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको आरोप लागेको छ।