ट्रेण्डिङ

होमपेज / समाज

मानवअधिकार शान्ति समाजको शान्ति प्रदर्शन

नेपालगाथा २०८० फाल्गुण १२ गते शनिबार १५:५२:३४ मा प्रकाशित

सुर्खेत । रुस र युक्रेन बीच युद्ध भएको शुक्रबार दुईवर्ष पुगेको छ । यस बीचमा मानवअधिकार शान्ति समाज सुर्खेतले युद्ध अन्त्य गर्दै रुस र युक्रेनका मानिसहरुले मानवअधिकारको प्रयोग गर्दै शान्तिपूर्वक बाच्न पाउनका लागि शान्तिपूर्वक प्रदर्शन गरेको छ । 

रुस र युक्रेनका नागरिकले आधारभूत आवश्यकता सबै गुमाएको बताउँदै मानव अधिकार तथा शान्ति समाज सुर्खेतका अध्यक्ष प्रेम भण्डारीले हिंसात्मक गतिविधिलाई अन्त्य गर्दै मानवले शान्तिपूर्वक बाँच्न पाउने अधिकारको उच्चतम प्रयोग गर्नुपर्ने बताउनुभयो । 
शुक्रबार देशभर मानवअधिकार शान्ति समाजले शान्तिपूर्वक प्रदर्शन गरेको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top