ट्रेण्डिङ

होमपेज / समाज

बच्चाले मन पराउने कटन क्यान्डीमा विषालु तत्व रोडामाइन बी भेटिएको छ

नेपालगाथा २०८० फाल्गुण ११ गते शुक्रबार १३:४९:३४ मा प्रकाशित

काठमाडौं। भारतको तमिलनाडुमा र पुडुचेरीमा गरिएको जाँचमा बच्चाले मन पराउने कटन क्यान्डीमा विषालु तत्व रोडामाइन बी भेटिएको छ। भारतको फुड एन्ड सेफ्टी विभागले गरेको जाँचमा उक्त पदार्थ भेटिएपछि तमिलनाडु  र पुडुचेरीमा सरकारले कटन क्यान्डी नै प्रतिबन्ध गरेको छ। 

कटन क्यान्डीमा पाइने रोडामाइन बी एक सिन्थेटिक 'डाइ' (रंग) हो। जसले यसलाई गुलाबी रङमा परिणत गर्छ। यो रसायन कपडा, कागज र छाला उद्योगमा ठूलो मात्रामा प्रयोग हुन्छ।

यो पानीमा तीव्र रुपमा घुल्ने गर्दछ र सस्तो पर्छ। रोडामाइन बीले रातो र गुलाबी रङ दिन्छ। सामान्यतया गुलाबी रङ दिने खाद्य पदार्थमा यसको प्रयोग गरिन्छ। 

केही अध्ययनहरुका अनुसार रोडामाइन बी कार्सिनोजिनक र म्युटोजेनिक (क्यान्सरको कारक) हुन्। यसले छालाको रोग, श्वासप्रश्वासमा समस्या, लिभर र किड्नीमा नोक्सान जस्ता समस्या ल्याउन सक्छ। 

फ्याक्ट्रिबाट निस्किने रोडामाइन बी पर्यावर र भुजल समेत प्रदूषित गरिरहेको छ।  चन्द्रशेखरले भने,  'रोडामाइ बीको प्रयोग लगातार गरिएमा क्यान्सर समेत हुन सक्छ। कति शोधका अनुसार रोडामाइन बी र कलेजोमा हुने हानीबीच सम्बन्ध पुष्टि भएको छ।'

कलेजोका अलवा यसले नर्व सिस्टममा प्रभावित बनाउँछ। सामान्यतया हानिकारक पदार्थको एकाध समय प्रयोगले तत्काली गम्भीर असर हुँदैन। तर, त्यस्ता विषालु चिजको निरन्तर सेवन भने हानिकारक हुन्छ। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top