ट्रेण्डिङ

होमपेज / समाज

क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न पाउने उच्च अदालतको अनुमति

नेपालगाथा २०८० फाल्गुण १० गते बिहीबार १८:१८:१० मा प्रकाशित

काठमाडौं। बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने अनुमति पाएका छन्।

बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन्।

उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले उक्त कुराबारे जानकारी दिएका छन्।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेकोमा उनले त्यसविरुद्ध बिहीबार उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top