ट्रेण्डिङ

होमपेज / समाज

त्रिवि उपकुलपतिमा बराल नियुक्त

नेपालगाथा २०८० फाल्गुण १० गते बिहीबार १७:५१:१४ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त हुनुभएकाे छ । त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएकाे हाे  ।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति दाहालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे समिति गठन गरिकाे थियाे। 

समितिले चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । आज विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनामध्येबाट उपकुलपतिमा प्रा.डा. बराललाई नियुक्त गर्नु भएकाे हाे।

उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति हुनुभएकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top