ट्रेण्डिङ

होमपेज / समाज

विराटनगर स्थित बन्द अवस्थामा रहेको जुट मिल्समा आगलागी

नेपालगाथा २०८० फाल्गुण ९ गते बुधबार १२:५९:३२ मा प्रकाशित

 विराटनगर ।विराटनगर स्थित बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका १६ मा रहेको नेपालकै जेठाे उद्योगमा ८ गते राति आगलागी भएको हो ।

आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताउनु भयाे ।

बन्द रहेकाे उद्योगमा कसरी आगलागी भयो भन्ने खुलि सकेकाे छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएकाे छ ।

प्रहरी स्रोतका अनुसार  घटना शंकास्पद भएकाले दायरा फराकिलो बनाएर अनुसन्धान सुरु गरिएको छ ।

बन्द अवस्थाको जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो । जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएकाे प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा ९ गते राति १ बजेतिर आगो निभाइएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top