ट्रेण्डिङ

होमपेज / समाज

वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी

नेपालगाथा २०८० फाल्गुण ७ गते सोमबार १७:३७:४९ मा प्रकाशित

काठमाडौं। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा सोमबार बेलुका ५ बेजदेखि लागु हुने गरि कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यू लगाएको छ।

रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति विसर्जनका क्रममा भएको झगडाको विषयलाई लिएर वीरगञ्जमा प्रदर्शन भएपछि प्रशासनले कर्फ्यू लगाएको हो। वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झगडाको स्थिति आएको थियो।

रौतहटमा सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका घाइते भएका थिए। त्यसपछि बिग्रिएको स्थितिलाई नियन्त्रणमा लिन सिडिओ हिरालाल रेग्मीले शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए। कर्फ्यू अवधिमै उच्छृखंल गतिविधि भएपछि स्थानीय प्रशासनले आइतबार कर्फ्यू क्षेत्र फराकिलो बनाएको हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top