ट्रेण्डिङ

होमपेज / समाज

मुष्ठिदानबाट खाद्यान्न सेवा गर्दै इगरब्रिज

सामाजिक विषयमा आधारित भएर प्रयाेगात्मक कार्य गर्दै मुष्ठि दान

नेपालगाथा २०८० फाल्गुण ५ गते शनिबार १९:२७:२७ मा प्रकाशित

सुर्खेत । शैक्षिक क्षेत्रमा अग्रणी विद्यालय इगरब्रिज माध्यमिक विद्यालय सामाजिक क्षेत्रमा पनि परिचित नाम हाे । संस्कार सहितको शिक्षा प्रदान गरिरहेकाे यस विद्यालयले विद्यार्थीहरुलाई समाजिक सेवामा समेत अभिप्रेरित गरिरहेकाे छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक विषयमा आधारित भएर प्रयाेगात्मक कार्य गर्दै मुष्ठि दानबाट संकलन गरेको चामल, दाल, तेल, नुन, तरकरी, चिनी र फलफूल शनिबार एक कार्यक्रमका बीच प्रशान्ति बृद्धाश्रमलाई हस्तान्तरण गरेकाे छ । 

मुष्ठि दानबाट संकलन भएकाे सामग्री बृद्धाश्रमलाई हस्तान्तरण गर्दै विद्यालयका प्रशासन प्रमुख कृष्णा न्याैपाने भुसालले विद्यार्थीले प्राप्त गरेकाे सैद्धान्तिक ज्ञानलाई कसरी व्यवहारमा उतार्ने भन्ने सिकाउनका लागि प्रयाेगात्मक शिक्षा अन्तर्गत विद्यार्थीले नै मुष्ठि दानबाट संकलन गरेकाे खाद्यान्न बृद्धाश्रमलाई  हस्तान्तरण गरिएकाे जानकारी दिनुभयाे । 

विद्यार्थीलाई संस्कार सहितको व्यवहारिक ज्ञानमा विद्यालयले पछिल्लाे समयमा जाेड दिइरहेकाे छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top