होमपेज / समाज
कमल कसेरा, सुर्खेत । कर्णाली उत्सव ‘कुडा कर्नाली’को पाँचौ संस्करण भोलि शनिबारबाट सुर्खेतको बुलबुले उद्यानमा शुरु हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले भोलिबाट शुरु हुने उत्सव फागुन ५, ६ र ७ गते सञ्चालन हुने जानकारी दिएको हो ।
ऋति फाउन्डेसनका संयोजक कमल लम्सालले उत्सवमा इपिसेन्टर, संकट र सेवा, जोखिम र जुइन्या जुक्ति, कर्णाली धरोहर–मनोहर, कर्णाली दृष्टि, कर्णाली क्याराभान, अपाङ्गता पहुँच र पौरख, हाम्मो काली, हाम्मै कर्नाली, अ जर्नी फ्रम न्यू जर्जी टु कर्णाली, देश जान्या, खस कुडा–खास कुडा सौँराई जिन्नगीको र विकास अन्या, विकास खान्यालगायतका १६ वटा सत्र रहने जानकारी दिए ।
उत्सवमा कर्णालीका विभिन्न विषयवस्तुमा विषयविज्ञ, जिम्मेवार व्यक्तित्व, जनप्रतिनिधिहरूसँग खुल्ला छलफल संस्कृति झल्काउने कार्यक्रमहरू, कर्णालीका पहिचानलगायतका विषयमा छलफल र प्रदर्शनी हुने बताइएको छ । ६३ वक्ता र १८ जना सहजकर्ता रहने यस वर्षको उत्सवमा करिब ५० देखि ६० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । कर्णाली उत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले आर्थिक सहयोग गरेको छ ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम अघि वीरेन्द्रनगर बजारदेखि साइकल ¥याली सुरू हुने छ ।
विसं. २०७६ साल फागुनबाट सुरू भएको कर्णाली उत्सव उत्सवले कर्णालीको भाषा, साहित्य, संस्कृति र कलाका साथै समृद्ध कर्णालीका लागि बहस गर्दै आएको छ ।
.jpg)