ट्रेण्डिङ

होमपेज / समाज

 सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्लेमा गाडी दुर्घटना

नेपालगाथा २०८० माघ २८ गते आइतबार १६:३५:०७ मा प्रकाशित

सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्लेमा गाडी दुर्घटना भएको छ । छिन्चु देखि बोटेचौर आउदै गरेको भे १ ज ८५५ नम्बरको  गाडी आइतबार करिब ३ बजे दुर्घटना भएकाे  प्रहरी चौकी जहरेले जानकारी दिएको छ ।

गाडीमा १० जना सवार रहेको र केही सामान्य घाईते भएको जनाईएको छ । गाडी के कारणले दुर्घटना भएको हाे भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

घाईतेलाई उपचारको लागी जहरे स्थित मेडिकलमा ल्याइएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top