ट्रेण्डिङ

होमपेज / समाज

नरिवल पानीबाट हुने फाइदाहरु

नेपालगाथा २०८० माघ २६ गते शुक्रबार १९:००:३५ मा प्रकाशित

नरिवल पानी जैबिक रुपमा स्वस्थ र सफा पेय पर्दाथ हो। यो  स्वस्थ र संक्रमणमुक्त हुन्छ। यसमा ९४ प्रतिशत पानी हुनुका साथै क्यालोरीको मात्रा पनि न्यून हुन्छ। यसमा भिटामिन बी र एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ। मुटुका लागि उत्तम मानिने नरिवल र यसको पानी केवल तिर्खा मेट्ने माध्यम मात्र होइन्। नरिवल पानीले ह्दय घातको खतरालाई पनि न्यून गर्छ। नरिवलमा हुने उच्च मात्राको पोटासियमले शरीरमा अनाबश्यक तरल पर्दाथलाई फाल्न सहयोग पुयाउनुका साथै हाइपरटेन्सनको खतरालाई घटाउछ। नियमित एक गिलास नरिवल पानी खाँदा मुटु रोग र ह्दयघातको खतरा न्यून हुन्छ।

किड्नी स्टोनको खतरा घटाउँछ
नियमित नरिवल पानी पिउदा किड्नी स्टोनको खतराबाट बचाउँछ। यसमा हुने पोटासियम र म्याग्नेसियमले पिसाबको प्रबाहलाई बृद्धि गरी शरीरमा अत्यधिक पानी हुने समस्याबाट बचाउछ। यदि तपाईंंलाई किड्नीको स्टोन छ भने पनि पिसाबको प्रबाहलाई तीब्र पारेर यस रोगबाट मुक्ति मिल्न समेत सहयोग मिल्छ।

पखलाको उपचार
नरिवल पानी पखलाकाे अचूक औषधी हो। नरिवल पानीले तपाईंको शरीरबाट खेरा गइरहेको पानीको मात्रलाई पूर्ती मात्र गर्दैन इलेक्ट्रोलाईट र खनिज पनि प्रदान गर्छ। शरीरभित्र भएका अनवाश्यक हानीकारक विषहरुलाई यसले बाहिर फालिदिन्छ। नरिवल पानी प्राकृतिक रुपमा नै सबल हुन्छ। हाम्रो शरीरमा आवश्यक पर्ने  इलेक्ट्रोलाईट तह नरिवललमा पाइन्छ।

गर्मीमा शरीरलाई शितलता दिन्छ
 गर्मी भइरहेको बेला शरीरलाई नरिवल पानीले आनन्द दिन्छ। काबोहाइड र सुगरको मात्रा न्यून तथा पर्याप्त इलेक्ट्रोलाइट्सयुक्त यो निकै ताजा पेय पर्दाथ हो।

व्यायायमपछि पिउँदा फूर्तीलो र तन्दुरुस्ती बढाउँछ
ठूलो शारीरिक बल प्रयोग गर्ने काम गर्दा र व्यायायमको क्रममा डिहाइड्रेडको सम्भावना हुन्छ। यस्तो अवस्थामा नरिवल पानी महत्वपूर्ण पेय पर्दाथ हुन सक्छ। व्यायापपछिको डिहाइड्रेसनबाट बच्नका लागि पनि यसको महत्व छ। यसमा क्यालोरिको मात्रा न्युन तथा पोटासको मात्रा उच्च भएकोले शरीरबाट खेरा गइरहेको झोललाई पूर्ती गर्नका लागि पनि यसको महत्व छ।

छालामा चमकपन बढाउँछ, निखारता ल्याउँछ
 निश्चय नै ताजा नरिवल पानीको सेबनले छाला नरम बनाउनुको साथै धपक्क चमक ल्याइदिन्छ। त्यस्तै हात र अनुहारमा दिनको दुई पटक यसको प्रयोग गर्दा अत्यधिक फाइदा भएको पुष्टि भइसकेको छ। नरिवल पानीमा हुने काइटोकिनिस नाम गरेको तत्वले हाम्रो शरीरको कोषलाई सशक्त बनाउनुका साथै चाउरी र बृद्ध हुनबाट बचाउँछ।

गर्भवतीसँग सम्बन्धित समस्याबाट मुक्ति
नरिवल पानी स्वभाविक रुपमा स्वस्थ र संक्रमणरहित हुनाले गर्भावस्थामा यसलाई पिउदा सुरक्षित मानिन्छ। गर्भाधारणका क्रममा हुने वाकवाकी, अम्लियपन, र मुटु तथा घाँटी पोल्ने समस्याबाट पनि मुक्ति मिल्छ। त्यस्तै  गर्भवतीले नियमित नरिवल र यसको पानी खाँदा पेटभित्रको शिशु निकै स्वस्थ हुने चिकित्सकहरुले बताउने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top