ट्रेण्डिङ

होमपेज / समाज

आयोडिन नुन बारे जान्नैपर्ने महत्वपूर्ण कुराहरु

नेपालगाथा २०८० माघ २६ गते शुक्रबार १६:२६:५९ मा प्रकाशित

हामी सबैले नुन आवश्यकता अनुसार खाऔं तर सही मात्रामा आयोडिन भएको दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुन मात्र खाऔं। दैनिक खानामा साधारण स्वस्थ ब्यक्तिको लागि १५० माईक्रो ग्राम र गर्भवती महीलाको लागि दैनिक खानामा २५० माइक्रो ग्राम आयोडिन तत्वको मात्राको आवश्यकता पर्दछ।

आयोडिनका फाइदाहरु 
गर्भावस्थामाः  गर्भवती महिलाले दैनिक रुपमा आयोडिन तत्वको सही मात्रामा प्रयोग गर्ने हो भने गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा महत्वपूर्ण फाइदा गर्दछ। साथै आयोडिनको कमीबाट हुनसक्ने असर जस्तै गर्भको बच्चा तुहिने मरेको बच्चा जन्मने जस्ता समस्या हरु बाट सजिलै बच्न सकिन्छ। 

बाल्यवस्थामा :   बाल्यवस्थामा पनि आयोडिन तत्वको सही मात्राको प्रयोगले बालबालीकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भुमिका खेल्दछ। बालबालीकाहरु फुर्तीला र तन्दुरुस्त हुनुको साथै दिमागीय रुपमा अब्बल देखिन्छन्। 

किशोरावस्थामाः  किशोरावस्थामा पनि आयोडिन तत्वको सही र आवश्यक मात्राको प्रयोगले किशोर-किशोरीहरुको मानसिक तथा शारीरिक क्षमतामा बृद्धि हुन्छ। जसले गर्दा पढाइ-लेखाइका साथ साथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव प्रदछ। किशोर किशोरीहरुको आइक्यु लेबल बढाउनको लागि दैनिक खानामा आयोडिन तत्वको मात्राको आवश्यकता देखिन्छ। 

सबै उमेरमाः  आयोडिन तत्वको सही मात्राको प्रयोगले सबै उमेर समूहका मानिसहरुको मानसिक तथा शारीरिक विकासमा आवश्यकिय विकास हुन्छ। जसले गर्दा गलगाँड र हाइपोथाइरोडिजम जस्ता घातक रोगहरु हुनबाट बच्न सकिन्छ। त्यासै कारणले पनि आयोडिन तत्वको आवश्यकिय र सही मात्रामा  प्रयोग गर्नु  आवश्यक छ। 

आयोडिनले के के गर्दछ 

१. आयोडिनले गलगाँड (कण्ठरोग ) नियन्त्रण गर्दछ। 
२. आयोडिनले मानसिक र बौद्विक क्षमताको विकास गर्दछ। 
३. आयोडिनले लाटो लठेब्रोपनको नियन्त्रण गर्दछ। 
४.  आयोडिनले बालमृत्युदर घटाउन मद्दत गर्दछ। 

जान्नैपर्ने केही महत्वपुर्ण कुराहरु

१. ढिके तथा खुल्ला नुनमा मानिसहरुको शरीरलाई दैनिक रुपमा आवश्यक पर्ने आयोडिनको मात्रा पूर्ण रुपमा नहुन सक्दछ। यस्तो ढिके तथा खुल्ला नुन सफा पनि नहुने हुनाले हामीहरुले खानको लागी उपयुक्त हुदैन। त्यासैले यो कुरा जान्न आवश्यक छ। 

२. 'दुई बालबालीकाको चिह्न' भएको प्याकेटको नुन शुद्व र सफा हुनुको साथै यसमा सहिमात्रामा आयोडिन तत्व मिसाइएको हुन्छ। त्यसैले दैनिक प्रयोगमा 'दुई बालबालीकाको चिह्न' नै भएको आयोडिन युक्त प्याकेटको नुन प्रयोग गर्नु बुद्धिमानी मानिन्छ। 

३. 'दुई बालबालीकाको चिह्न' नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सही मात्रामा आयोडिनको तत्व भएको नुनलाई दिने प्रमाणित चिह्न हो। त्यास कारणले गर्दा पनि 'दुई बालबालीकाको चिह्न' भएको नुन दैनिक प्रयोगमा कुनै संकोच लिनु पर्दैन। 

४. प्याकेटको आयो नुन खोलेर बिर्को भएको सफा डिब्बामा राखौं। 

५. तरकारी पाकिसकेपछि मात्र नुन राख्ने बानी बसालौं। 

६. नुन राखि सकेपछि तरकारी छोपेर मात्र राख्ने गरौं। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top