ट्रेण्डिङ

होमपेज / समाज

पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायक

नेपालगाथा २०८० माघ २१ गते आइतबार १५:१०:५५ मा प्रकाशित

पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी  मानिन्छ। यसले शरीरलाई विभिन्न रोगहरुबाट बचाउँछ।

पुदिनाका फाइदाहरु :

यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ। यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ।

पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ।

पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस्। जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ।
पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ।

पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ। ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ।

दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ।

पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ।

यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top