ट्रेण्डिङ

होमपेज / समाज

जाडोमा छाला सुख्खा भएमा जाेगिने उपाय

नेपालगाथा २०८० माघ २० गते शनिबार २०:३७:४६ मा प्रकाशित

जाडोमा कम तापक्रम र आर्द्रतामा आउने परिवर्तनले छालालाई असर गर्छ। जाडोमा तापक्रम घट्ने भएकाले छाला सुख्खा रहन्छ । 

छाला सुख्खा हुने कारण
१) चिसो दिनमा मानिसहरू प्रायः कोठा न्यानो राख्न विभिन्न प्रकारका उपाय अपनाउँछन्। यसो गर्दा कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ । 

२) चिसो मौसम, तीब्र हावा र वर्षाले छालाको प्राकृतिक मोस्चराइजिङ तेल खोस्छ।

३) जाडोमा प्राय मानिसहरु तातो पानीले नुहाउने  गर्छन्, यसो गर्दा छालाको प्राकृतिक तेल छालाबाट गायब हुन थाल्छ । 

जाडोमा छाला सुख्खा हुनबाट जोगिने उपायहरु
१) जाडोमा छालालाई हाइड्रेटेड राख्नु निकै जरुरी हुन्छ । यसका लागि पर्याप्त मात्रामा पानी पिउनुहोस् र छालालाई मोइस्चराइज गर्नुहोस्।

२) चिसोमा  मनतातो पानीले नुहाउनुहोस् । यसले छालाबाट प्राकृतिक तेल निस्कनबाट रोक्छ र छाला सुख्खा हुँदैन। 

३) चिसोमा बाहिर जाँदा आफ्नो छाला छोप्न नबिर्सनुहोस्। यसबाट छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ।

४) कडा  साबुन र डिओडोरेन्टहरूले छालालाई हानी पुर्‍याउन सक्छ। त्यसैले यसको प्रयोग नगर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top