होमपेज / समाज
सुर्खेत । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा सुर्खेतको दोस्रो अधिवेशनले सनराइज मेडिकलका सञ्चालक रणबहादुर खड्कालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा एसआर पाण्डे, थोक उपाध्यक्षमा दीर्घाकुमारी बुढाक्षेत्री र खुद्रा उपाध्यक्षमा पूर्णबहादुर राना मगर निर्वाचित भएका छन् । यसैगरी महासचिवमा मंगल कुमार शर्मा, सचिवमा निरक गुरुङ्ग, कोषाध्यक्षमा दीपा कुमारी गाहा र उपकोषाध्यक्षमा हरी खड्का निर्वाचित भएका छन् ।
यसैगरी संघको सदस्यहरुमा कृष्णा कुमारी बोहोरा, शनिसरा महतम, नयाँराम न्यौपाने, टिका कुमारी थानी (भट्ट) र रामलिला वम निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता दुर्गा प्रसाद सापकोटाले नेपालगाथालाई जानकारी दिनुभयो ।
यसैगरी नव निर्वाचित अध्यक्ष खड्काले लक्ष्मण भण्डारी र पवन पाण्डेलाई सदस्यमा मनाेनित गर्नुभएकाे छ ।
नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै केन्द्रीय सल्लाहकार सदस्य विष्णुबहादुर खड्काले सबै औषधि व्यवसायीहरुको हक र हितमा एकजुट भएर काम गर्न सल्लाह दिनुभयो ।
साथै उहाँले थोक तथा खुद्रा सबै व्यवसायिहरु मिलेर मात्रै सिंगो औषधि व्यवसायिहरुको हक र हितमा काम गर्न सकिने भएकाले सबै मिलेर काम गर्न समेत आह्वान गर्नुभयो ।
