होमपेज / समाज
सुर्खेत । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा सुर्खेतको वार्षिक साधारण एवम् दोस्रो अधिवेशन वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार शुरु भएको छ ।
नेपाल औषधि व्यवसायी संघ केन्द्रीय सचिव कृष्णबहादुर रोकायले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयाे । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ केन्द्रीय सल्लाहकार सदस्य विष्णुबहादुर खड्का, केन्द्रीय उपकोषाध्यक्ष कविराज कंडेल, कर्णाली प्रदेश अध्यक्ष प्रेमबहादुर भण्डारी, नेपाल औषधि व्यवसायी संघ बाँकेका अध्यक्षलगायतको समेत सहभागिता रहेको छ ।
कार्यक्रममा सुर्खेत जिल्लामा औषधि व्यवसाय गरिरहेका करिब १०० जना व्यवसायिहरुकाे उपस्थिति रहेकाे छ ।