होमपेज / समाज
खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाक बग्ने र बन्द हुने, थकाइ लाग्ने, जीउ दुख्ने लगायतका लक्षणहरु देखिन्छन्। रुघा राइनो भाइरसबाट हुन्छ भने फ्लु एन्फ्लुएन्जा नामक भाइरसका कारण हुन्छ।
राइनो भाइरस सामान्य खालको हो। यसले ज्यानै लिने गरी संक्रमित पार्दैन। यो भएको हप्ता/दस दिनमा ठिक हुन्छ। उच्च ज्वरो पनि हुँदैन। तर फ्लु घातक हुन सक्छ।
रुघाखोकी जस्तै लक्षण देखिए पनि यसले निमोनियासम्म गराएर मृत्यु समेत हुन सक्छ। उच्च ज्वरो आयो, एक हप्तामा ठिक भएन, खकार पहेंलो हुन थाल्यो र घ्यारघ्यार हुन थाल्यो भने सचेत हुनुपर्छ।
यसबाट जोगिनका लागि हरेक वर्ष फ्लुको भ्याक्सिन लगाउनुपर्छ। दीर्घरोगी, वृद्धवृद्धा र बच्चाले अनिवार्य रुपमा भ्याक्सिन लगाउनु राम्रो हुन्छ। स्वास्थ्यखबरबाट ।