ट्रेण्डिङ

होमपेज / समाज

उपकुलपति भुसालको कार्यकाल तीन महिना थपियाे

नेपालगाथा २०८० माघ १६ गते मंगलबार २३:४०:५९ मा प्रकाशित

काठमाडाैं | त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा शिवलाल भुसालकाे कार्यकाल थप तीन महिना थपिएकाे छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुसाललाई थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी नियुक्त गरेका हुन् । 

कात्तिक १६ गते तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ कात्तिकमा तत्कालीन शिक्षाध्यक्ष प्राडा भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो । उनको कार्यकाल सकिन लागेको तर नयाँ उपकुलपतिकाे नियुक्ति प्रक्रिया नटुंगिएकाले सरकारले नयाँ व्यवस्था नभएसम्मको लागि भन्दै भुसालको कार्यकाल तीन महिना थप गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top