होमपेज / समाज
काठमाडौं। हामीलाई लाग्छ- बोतलको पानीमा फोहर हुँदैन । तर यही पानीसँग असंख्य माइक्रोप्लास्टिक अर्थात् प्लास्टिकका साना कणहरु असंख्य रुपमा घुलेका हुन सक्छन्। बीबीसी फ्युचरमा प्रकाशित एक रिपोर्टका अनुसार अमेरिकाकाको कोलम्बिया युनिभर्सिटीले र रटगर युनिभर्सिटीका शोधकर्ताले बोतलमा रहेको पानीमा अनुमान गरेभन्दा १०० गुणा ज्यादा प्लास्टिक रहेको पाएका छन् । उनीहरुको अनुसन्धानमा भनिएको छ- एक लिटर पानीमा करिब साढे दुई लाख प्लास्टिकका कणहरु हुन सक्छन्।
विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा एक यस्ता कणहरु मानव शरीरमा प्रवेश गर्दा कस्तो असर पर्छ भन्नेमा रिभ्यु गर्ने कोशिस गरेको थियो। तर सिमित अनुसन्धानकबा कारण निष्कर्ष निकाल्न सकेन। प्लास्टिकको प्रदुषण मानव स्वास्थ्यका लागि जोखिमपूर्ण रहेको भन्दै कम गर्न अपिल भने गरेको थियो।
भारतका वरिष्ठ चिकित्सक मनिष सिंहले माइक्रोप्लास्टिकका विषयमा प्रशस्त जानकारी नआएको बताउँदै सावधान रहनुपर्ने बताएका छन्। उनले भनेका छन्, 'माइक्रोप्लास्टिकको खतराका विषयमा सिमित अध्ययन बाहिर आएका छन्। केही अध्ययनले हाम्रो इन्डोक्राइन ग्रन्थी (हर्मोन उत्पादन गर्ने ग्रन्थी)मा समस्या ल्याउने देखाएका छन्। भविष्यमा यसको गम्भीर असर पत्ता लाग्न सक्छ । त्यसैले अहिले नै सावधान भने हुन जरुरी छ।'