ट्रेण्डिङ

होमपेज / समाज

विद्युत्‌ उपभोक्ता समितिलाई महसुल भुक्तानी गर्न प्राधिकरणको ३५ दिने सूचना

नेपालगाथा २०८० माघ ३ गते बुधबार १६:४५:२१ मा प्रकाशित

काठमाडौँ । नेपाल विद्युत्‌ प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै ९ वटा विद्युत्‌ उपभोक्ता समितिहरूलाई विद्युत्‌‌ प्रयोग गरेबापत महसुल बुझाउन ३५ दिने सूचना जारी गरेकाे छ।

देकुली विद्युत्‌ उपभोक्ता समिति, पटेर्वा सुगौली गा.पा. १ र ३ (टोल सोनवर्षा र देकुली) पर्सा, देउराली विद्युत्‌ उपभोक्ता समिति, सखुवा प्रसौनी ४ (टोल देउरवाना र सोलखपुर) पर्सा, पारसनाथ विद्युत्‌ उपभोक्ता समिति, सखुवा प्रसौनी ५ (टोल महुवन) पर्सा, शिवशक्ति विद्युत्‌ उपभोक्ता समिति, धोविनी गा.पा. ५ (टोल धोविनी) पर्सा, धोरे विद्युत्‌ उपभोक्ता समिति, पाकाहा मैनपुर गा.पा. १ (टोल धोरे) पर्सा र विद्युत्‌ उपभोक्ता समिति, पोखरिया न.पा. ४ (टोल गोविन्दपुर) पर्सालाई महसुल बुझाउन सूचना जारी गरेको हो ।

त्यस्तै उजाला विद्युत्‌ उपभोक्ता समिति, धोविनी गा.पा. ३ ( टोल गुलरिया) पर्सा, जीवनज्योति विद्युत्‌ उपभोक्ता समिति धोविनी गा.पा. ४ (टोल असवारी) पर्सा र प्रकाश विद्युत्‌ उपभोक्ता समिति कालिकामाई गा.पा. १ (टोल तिनडीभिया र रविदास) पर्सालाई महसुल बुझाउन प्राधिकरणले सूचना जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top